काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार थप २ सय ५० जनामा संक्रमण पुष्टि भएकाे छ । जसमध्ये २ सय ३० जना पुरुष र २० जना महिला छन् ।
यसैगरी नेपालमा कोरोना जित्नेको संख्या ८ सय ६१ पुगेको छ । डा. गाैतमका अनुसार बिहीबार देशका विभिन्न अस्पतालबाट १ सय ८७ जना डिस्चार्ज भएका छन् ।
यस्तै नेपालमा कोरोना संक्रमणका कारण १५ जनाको मृत्यु भइसकेको छ ।
प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७