काठमाडौं । नेपालमा बुधबार थप २ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २ सय ५७ जना पुरुष र २२ जना महिला गरी २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बुधबार संक्रमित हुनेमा मोरङका ८ जना, झापाका ५ जना, चितवनका २ जना, उदयपुरका १ जना, नवलपुरका १ जना, सर्लाहीका २ जना, नवलपरासी पश्चिमका ५ जना, पाल्पाका १२ जना, प्युठानका ६ जना, रुपन्देहीका ७ जना, बाँकेका ३ जना र बर्दियाका १ जना रहेका छन् ।
त्यसैगरी सप्तरीका ६ जना, दैलेखका २५ जना, जाजरकोटका ३ जना, सुर्खेतका ९ जना, दार्चुलाका १ जना, कैलालीका १२ जना, कञ्चनपुरका २ जना, डडेलधुराका १ जना, सर्लाहीका २५जना, कपिलवस्तुका ४८ जना, धादिङका १६ जना, धनुषाका ११ जना, गोरखाका ४ जना, नुवाकोटका १ जना, रौटहटका ५३ जना, सिन्धुपाल्चोकका २ जना, सिरहाका १ जना र उदयपुरका ३ जना रहेका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । जसमध्ये ६ सय ७४ जना निकाे भएर घर फर्किएका छन् भने १५ जनाकाे मृत्यु भएकाे छ ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७