बाँके । बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पूर्ण रुपले बन्द गरिएको छ ।
शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछामका २ बिरामीमा कोरोनाको संक्र मण देखिएपछि अस्पताल बन्द गरिएको हो ।
अछाम जिल्लास्थित बयलपाटा अस्पतालले गर्भवती र आन्द्रामा समस्या भएका बिरामी कोहलपुर सिफारिस गरेको पाइएको छ ।
शिक्षण अस्पताल कोहलपुरमा ती बिरामीको जाँच गर्दा कोरोना सङ्क्रमण देखिएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए ।
ती बिरामीको शल्यक्रिया गर्ने तयारी गरिए पनि कोरोना संक्रमण देखिएपछि रोकिएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७