भरतपुर । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका वडा नं. ११ का ६८ वर्षीय ती वृद्धलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मुटु र निमोनियाको समस्या समेत रहेको जनाइएको छ ।
नारायणी सामुदायिक अस्पतालको आइसियुबाट सोमबार साँझ मात्र उनलाई भरतपुर अस्पतालको आइसियुमा सारिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
अहिले उनको शव भरतपुर अस्पतालको आइसियुमै छ ।
याेसँगै नेपालमा काेराेना संक्रमणका कारण १५ जनाकाे मृत्यु भएकाे छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७