काठमाडौं । नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय १४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हाे ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।
यसैगरी संक्रमितमध्ये ४८८ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।
प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७१ जिल्लामा संक्रमण देखिएको छ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७