काठमाडौं । नेपालमा आइतबार थप २ सय १३ जना कोराेना भाइरसका संक्रमित थपिएका छन् ।
थपिएकामध्ये २ सय ९ जना पुरुष र ४ जना महिला छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाका अनुसार यससँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।
यसैगरी देशभरका विभिन्न अस्पतालबाट ४ सय ६७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७