उदयपुरमा पुनः ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ दिनअघि स्वाब संकलन गरी काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
आइतबार जिल्लाको बेलका नगरपालिकामा ३४ र ३५ वर्षीय २ जना र चौदण्डीगढी नगरपालिका ३२ वर्षीय १ जना गरी ३ जनामा संक्रमण देखिएकाे हाे ।
योसँगै जिल्लामा संक्रमितको संख्या ३६ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीका अनुसार ३ सय ८५ जनाको स्वाब संकलन गरी लगिएकोमा ३ जनामा पोजिटिभ देखिएको र अन्यको परीक्षण भइरहेको छ ।
बेलकामा भेटिएका संक्रमित श्रीमान श्रीमती हुन् । उनीहरुलाई एम्बुलेन्समार्फत धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी भइरहेको छ ।
२३ दिनअघि पत्रकारमा संक्रमण देखिएपछि त्यसपछि संक्रमित भेटिएका थिएनन् । नयाँ संक्रमित नभेटिपछि जिल्लाकाे जनजीवन सामान्य हुँदै गएकाे थियाे । तर पुनः देखिएकाे नयाँ संक्रमणले जिल्लामा त्रास फैलिएकाे छ ।
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७