राजापुर । बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल, नेपालगन्जमा भएको पिसिआर परीक्षणमा ५५ वर्षीय चालकमा शनिबार संक्रमण भएको पुष्टि भएको थियो ।
उनले २ दिनअघि सरुवा भएका प्रजिअ प्रेमलाल लामिछानेलाई काठमाडौंँ पुर्याएर नयाँ प्रजिअ लीलाधर अधिकारीलाई काठमाडौंँबाट ल्याएका थिए ।
सरुवा भएका प्रजिअ लामिछानेको पीसीआर नेगेटिभ देखिएको प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए । चालकलाई गुलरियास्थित जिल्ला समन्वयको सभाकक्षको आइसोलेशनमा राखिएको छ ।
यहाँ थप १९ जनाको पीसीआरका लागि स्वाब संकलन गरिएको छ । अन्यको आइतबार स्वाब संकलन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिप्रकाका सबैलाई सेल्फ क्वारेन्टाइनमा राखी कार्यालयको आन्तरिक काम सञ्चालन गरिने तर कार्यालय बन्द नगरिने प्रशासकीय अधिकृत अधिकारीले बताए ।
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७