पाेखरा । गण्डकी प्रदेशमा आइतबार बिहान ३८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोदविन्दु शर्माले आइतबार बिहान ६ बजे जारी गरेको प्रेस विज्ञप्तिअनुसार गण्डकी प्रदेशका ४ जिल्लामा थप ३८ जना संक्रमित भएको पुष्टि गरे ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय १३ पुगेको छ ।
कोरोना पुष्टि हुनेमा बागलुङको बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २९ र २६ वर्षीय तथा १ जना उमेर नखुलेका पुरुष र ढोरपाटन नगरपालिकाका २६ वर्षीय १ पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्जाको वालिङ नगरपालिकाका २९, ४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८ र ३२ वर्षीय तथा भिरकोट नगरपालिका ४५ वर्षका पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै गोरखाको पालुङटार नगरपालिकाका १७ वर्षका पुरुष र गण्डकी नगरपालिकाका २५, ३२, २०, ४३, ३०, २०, २१, २१ र २३ वर्षीय गरी १० जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी नवलपरासी बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकाका २०, ३५, ३५ र ४५ वर्षका ४ जनामा पनि कोरोना पुष्टि भएको हो ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७