काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । शुक्रबार थप २ सय ७८ जनामा काेराेना पुष्टि भएकाे स्वास्थ्य नतथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमितमध्ये २ सय ६७ जना पुरुष र ११ जना महिला छन् ।
थपिएका संक्रमितमा सुनसरीका २१, झापाका १२, मोरङका ६, अर्चाखाँचीका १, नवलपरासीका १, पाल्पाका १, रुपन्देहीका १८, सिन्धुलीका २, बाराका ३, तनहुँका २ जना छन् ।
त्यस्तै भोजपुरका ५, कैलालीका ४, अछामका १, बझाङका १, डडेल्धुराका ५, रामेछापका १८, काभ्रेका ५, दैलेखका ९०, जुम्लाका ३, हुम्लाका १, दोलखाका १, गोरखाका १, सुर्खेतका १, दाङका १, धनुषाका ४, गुल्मीका १, कपिलवस्तुका ४४, कास्कीका १, महोत्तरीका १७ र रौतहटका ६ जनामा पनि संक्रमण देखिएकाे हाे ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ ।
यसैगरी कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या ३ सय ३३ पुगेको छ भने ११ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७