काठमाडाैं । काभ्रेपलाञ्चोक जिल्लाका थप ५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका ३ जना, पाँचखाल नगरपालिका र पनौती नगरपालिकाका १/१ जनामा संक्रमण देखिएको हाे ।
संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट आएका खुलेको छ । रोशीका संक्रमित ३ जना क्वारेन्टाइनमै छन् भने पाँचखालका संक्रमित क्वारेन्टाइनबाट घर फर्किएका थिए ।
यस्तै, पनौतीका संक्रमित धुलिखेल अस्पतालमा पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रियाका लागि अस्पतालमा भर्ना भएका थिए । शल्यक्रियाअघि पिसिआर परिक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो ।
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७