काठमाडाैं । कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ ।
सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले कर्णाली प्रदेश अस्पताल सुर्खेतस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्थित प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
संक्रमित हुनेमा कालिकोटका ४ महिने शिशुसहित ७ जना, सल्यानका २ जना, दैलेखका ७ जना छन् ।
कालिकोटको महाबै गाउँपालिका–२ का २२ वर्षीय पुरुष, वडा नम्बर ४ का ४ महिने शिशु र २८ वर्षीय, तिलागुफा नगरपालिका २ का २१ वर्षीय पुरुष, पलाँता गाउँपालिका ७ का ४२ वर्षीय पुरुष, शुभकालिका गाउँपालिका ३ का २१ वर्षीय पुरुष, सान्नीत्रिवेणी गाउँपालिका २ का २० वर्षीय महिलामा कोरोना पुष्टि भएको हो ।
यस्तै सल्यानको कुमाख गाउँपालिका ३ का १९ र २४ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको हो ।
त्यसैगरी दैलेखको नारायण नगरपालिका २ का २०, २४, २५, २५, ३० वर्षीय पुरुष, दुल्लु नगरपालिका २ का १७ वर्षीय पुरुष र नौमूले गाउँपालिका ८ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७