काठमाडौं । मुलुककै सबैभन्दा ठूलो अस्पतालमध्येकाे सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालकाे सबै सेवा अनिश्चितकालका लागि बन्द भएको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको जनाएको छ ।
‘काठमाडौं मेडिकल कलेजको सिनामंगलस्थित शिक्षण अस्पतालमा उपचारार्थ आएका २ बिरामी र २ स्वास्थ्यकर्मीलाई कोभिड पोजेटिभ देखिएको हुँदा संक्रमण जोखिमका दृष्टिले हाललाई यस अस्पतालबाट प्रवाहरत आकास्मिक लगायतका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने अवस्था आएकाले सम्पूर्ण सेवाहरु अर्को सूचना प्रकाशित नभइन्जेलसम्मका लागि स्थगित गरिएको जानकारी गराउँछौं,’ अस्पतालका मेडिकल डाइरेक्टर प्रा. डा. मुकुन्दराज जोशीले जारी गरेको सूचनामा भनिएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७