काठमाडौं । काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
केएमसीका ४ जनासहित हालसम्म १७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७