काठमाडाैं । रौतहटमा आज ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या ३ सय १० पुगेको छ । आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न स्थानबाट आएका हुन् ।
संक्रमितमध्ये राजपुर नगरपालिकाका २१ जना, दुर्गा भगवती गाउँपाललिकाका १४ जना, राजदेवी नगपालिकाका १८, परोहा नगरपलिकाका ४ जना, गौर नगरपालिकाका १३ जना, गढीमाइ नगरपालिकाका १ जना तथा यमुनामाइ गाउँपालिकाका ३ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, रौतहटका प्रमुख महेश साहले जानकारी दिए ।
यसैगरी प्रदेश २ का अन्य ४६ जनामा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ । मंगलबार प्रदेशका १ सय २० जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश २ को स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए ।
यससँगै प्रदेश २ मा ८ सय १५ जनामा काेराेना संक्रमण पुष्टि भइसकेकाे छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७