सुर्खेत । कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २ सय ६२ पुगेको छ ।
प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले २९ जनामध्ये सुर्खेतका ११ जना, सल्यान र अछामका ९/९ जना रहेको जानकारी दिए । वीरेन्द्रनगर नगरपालिका-१ का १७ देखि ५० वर्षसम्मका ८ जना, वडानम्बर ३ का १४ देखि ३३ वर्षसम्मका ३ जना छन् ।
यस्तै अछामको मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका ४ का २२, २४, २७,२९, ३५ र ४० वर्षका ६ पुरुष, २७ र ३० वर्षका महिलामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७