काठमाडौँ । कर्णाली प्रदेशमा थप ३५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
सोमबार साँझकाे अपडेटअनुसार सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेशष प्रयोगशालामा गरिएको परीक्षणमा २ महिला र ३३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयकाे स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीका अनुसार सुर्खेतको लेकबेँसी नगरपालिकाका १२ जना, पञ्चपुरी नगरपालिकाका १ जना र भेरीगंगा नगरपालिकाका ३ जना गरी १६ जना छन् ।
यसैगरी दैलेखको नारायण नगरपालिकाका ७ जना र चामुण्डा विन्द्रासैनी नगरपालिका र नौमुले गाउँपालिकाका १/१ जना छन् भने सल्यानको वनगाड कुपिन्डे नगरपालिकाका ९ जना छन् । यस्तै अछामको चौरपाटी गाउँपालिकाका १ जनामा काेराेना पुष्टि भएकाे छ।
यससँगै कर्णाली प्रदेशमा काेराेना संक्रमितकाे संख्या २ सय ३३ पुगेकाे छ ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७