काठमाडाैं । नेपालमा साेमबार एकैदिन २ सय २६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
उनीहरुमध्ये २ सय १३ जना पुरुष र १३ जना महिला छन् । थपिएका संक्रमितहरूमा झापाका २ जना, नवलपरासीका ३ जना, दैलेखका ४१ जना, जुम्लाका १९ जना, सल्यानका १० जना छन् ।
यसैगरी सुर्खेतका ५ जना, कपिलवस्तुका ४० जना, रौतहटका १८ जना, बाँकेका ७ जना, दाङका ९ जना, धनुषाका ७ जना, महोत्तरीका २ जना, मकवानपुरका १ जना, सर्लाहीका ३८ जना, सिरहाका ५ जना, उदयपुरका १ जना, अछामका १ जना, कैलालीका १४ जना, बैतडीका १ जना, डोटीका १ जना र कञ्चनपुरका १ जना छन् ।
त्यस्तै, आजसम्म कोरोनाको संक्रमण जितेर उपचारपछि अस्पतालबाट घर फर्किनेहरुको संख्या २ सय २१ पुगेको छ । डिस्चार्ज हुनेहरुमध्ये १ सय ७३ जना पुरुष र ४८ जना महिला छन् ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले नियमित मिडिया ब्रिफिङका क्रममा साे जानकारी दिएका हुन् । यससँगै कुल संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७