कपिलवस्तु । कपिलवस्तुमा सोमबार थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । यससँगै जिल्लामा संक्रमित हुनेकाे संख्या ३ सय ९ पुगेको छ ।
साेमबार बुद्धभूमि, शिवराज, महाराजगन्ज र वाणगंगा नगरपालिकामा संक्रमित थपिएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाका अनुसार वुद्धभूमिमा १०, शिवराजमा २५, महाराजगन्जमा २ र वाणगंगा नगरपालिकमा २ जनामा काेराेना पुष्टि भएकाे हाे ।
बुद्धभूमि नगरपालिका वडा नम्बर ८ का १९,२०,२६,२७,२७,३२,३५,३८ वर्षीय पुरुष र वडा नम्बर १० का २७,४६ वर्षीय पुरुषमा संक्रमण देखिएकाे हाे ।
त्यसैगरि शिवराज नगरपालिका वडा नम्बर ३ का १९,२०,२५,३० वर्षीय पुरुष, वडा नम्बर ४ का ५८,१७,१८,४२,४२,३०,५५,२०,४५,३०,२८ वर्षीय पुरुष, वडा नम्बर ६ का २८ वर्षीय पुरुष, वडा नम्बर १० का १७ वर्षका पुरुष र वडा नम्बर ११ का १८,२७,४७,३४,२६,२३,३५,२७ वर्षका ८ जना पुरुष गरी जम्मा २५ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
त्यसैगरी वाणगंगा नगरपालिकामा पनि २ जना महिलामा संक्रमण देखिको छ । वडा नम्बर ११ का ३१ र ३८ वर्षीया महिला संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएकाे छ ।
यसैगरी महाराजगन्ज नगरपालिका वडा १ का १९ वर्षीय पुरुष र वडा नम्बर २ का २६ वर्षीय पुरुषमा पनि संक्रमण देखिएकाे हाे ।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७