सुर्खेत । कर्णाली प्रदेशमा थप ३२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ९८ पुगेको छ।
सोमबार पछिल्लाेपटक थपिएका ३२ नयाँ संक्रमितहरुमा सल्यानका १० जना, दैलेखका १७ जना र सुर्खेतका ५ जनामा रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले जानकारी दिएका छन् ।
दैलेख नारायण नगरपालिका वडा नं. १, ३, ४, ५, ८ र १० का १६ जना, महावु गाउँपालिका-३ का एकजना, सल्यान बनगाड कुपिण्डे नजरपालिकाका वडा नं. १, ३, ५, ६, र ७ का १० जना र सुर्खेतको बराहताल गाउँपालिका वडा नं. १ र १० का ५ जना पुरुष छन्।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७