सुर्खेत । कर्णाली प्रदेशमा जुम्लाका २ प्रहरीसहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा २ जना प्रहरीसहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला संयोजक विवेक पुनले जानकारी दिए ।
उनका अनुसार जुम्लाको हिमा गाउँपालिका वडा नं. १, ५, ६ र ७ वडाका ८ जना र सिंजा गाउँपालिका वडा ३, ४, ५, र ६ का ९ जना पुरुष छन् ।
त्यस्तै दैलेखकाे नारायण नगरपालिका वडा नम्बर २, ४, ५ र ९ का १७ पुरुष छन् भने दुल्लु नगरपालिका वडा नं. ८ र १२ का ७ जना संक्रमित पुष्टि भएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७