काठमाडाैं । बाजुराकी २ वर्षीया बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ८ पुगेकाे छ ।
जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत उनको शनिबार राति करिब २ बजे मृत्यु भएको थियो । उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो ।
उनको सेती प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरी पठाएको थियो । आइतबार दिउँसो आएको रिपोर्टमा उनको कोभिड–१९ का कारण मृत्यु भएको खुलेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमालाई पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । उनका बुबाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७