काठमाडाैं । नेपालमा थप १ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टाइनमा मृत्यु भएका युवककाे पिसिआर परीक्षणमा काेराेना पोजेटिभ देखिएको हो ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना भाइरस परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको पुष्टि गरे ।
शनिबार बिहान दुल्लु नगरपालिका–११ का ३५ वर्षीय ती युवकको क्वारेन्टाइनमा मृत्यु भएको हो । ३ दिनअघि युवकको स्वाब परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या ७ पुगेको छ । यसअघि सिन्धुपाल्चोक, गुल्मी, अर्घाखाँची, ललितपुर, बारा र बाँकेमा १–१ जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७