काठमाडौं । नेपालमा शनिबार थप १ सय ८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया विफिङका क्रममा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा १ सय ८९ जनामा कोरोना पुष्टि भएकाे जानकारी दिए । जसमध्ये ४ जना महिला र १ सय ८५ जना पुरुष छन् ।
नयाँ संक्रमितमा घनुषाका ७ जना, झापाका १ जना, कपिलवस्तुका १ सय ९ जना, ललितपुरका १ जना, महोत्तरीका ४ जना, रौतहटका ६ जना, सर्लाहीका १७ जना, सिराहका ११ जना, सप्तरीका ९ जना, दाङका ५ जना, बाराका १ जना, पर्साका २ जना, दैलेखमा १४ जना, संखुवासभाका २ जना छन् ।
याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १ हजार ४ सय १ पुगेकाे छ भने अहिलेसम्म कोरोनाका कारण ६ जनाको ज्यान गएको छ ।
यसैगरी शनिबार १३ जना जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा काेराेना मुक्त हुनेकाे संख्या २ सय १९ पुगेकाे छ ।
अहिलेसम्म प्रदेश १ का ९ जिल्लामा १६० जना, प्रदेश २ का ८ जिल्लामा ५४७, बाग्मती प्रदेशमा १२ जिल्लामा ४५ जना, गण्डकी प्रदेशमा ५ जिल्लामा २० जना, प्रदेश ५ का ९ जिल्लामा ५४७ जना, कर्णाली प्रदेशका ३ जिल्लामा ६१ जना र सुदूरपश्चिमका ७ जिल्लामा २१ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७