काठमाडौँ । नेपालमा एकै दिन १ सय ७० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
५ महिला र १ सय ६५ पुरुषसहित १ सय ७० जनामा कोरोना देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
नयाँ संक्रमितमा झापामा २८ जना, सप्तरीका ४ जना, बाराका ४ जना, पर्साका ५ जना, सर्लाहीका ५ जना, म्याग्दीका एक जना, बाँकेका १० जना, कपिलवस्तुका ५१ जना, नवलपरासी देवचुलीका २ जना, रौतहटक ५६ जना, रुपन्देहीका १७ जना र दाङका २ जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
कुल संक्रमितमध्ये १ हजार १ सय ३ जना पुरुष र १ सय ९ जना महिला छन् ।
यस्तै १९ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या २ सय ६ पुगेको छ ।
यसैगरी काेराेना भाइरसकै कारण नेपालमा ६ जनाकाे मृत्यु भइसकेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७