काठमाडाैं । दाङमा उपचाररत थप ८ जना कोरोना संक्रमित निकाे भएर घर फर्किएका छन् ।
दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालमा उपचाररत ८ जना कोरोनामुक्त भएपछि शुक्रबार डिस्चार्ज भएका हुन् ।
संक्रमण पछि दुईवटा परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले शुक्रबार उनीहरुलाई डिस्चार्ज गरेको अस्पतालका मेसु डा. सर्वेश शर्माले बताए ।
बाँके नरैनापुर १ का १८, नरैनापुर ३ का २५ र नरैनापुर ५ का २० वर्षीय पुरुष निको भएर घर फर्किएका हुन् । यसैगरी कपिलवस्तु कृष्णनगर–२ का २९, कृष्णननगर ११ का २०, गान्धीनगर–३ का ४२ र शिवराज–११ का ३४ वर्षीय पुरुष पनि सञ्चो भएर घर गएका छन् । यस्तै गढवा–४ दाङका ३६ वर्षीय पुरुष पनि घर फर्किएका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७