काठमाडाैं । भारतबाट अर्घाखाँची जाने क्रममा बाटोमै मृत्यु भएका युवामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएका भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।
ती युवाको शव कपिलवस्तु ल्याएर पोस्टमार्टम गरिएको थियो र कपिलवस्तुबाटै स्वाब निकालेर परीक्षणका लागि पठाइएको थियो ।
प्रदेश ५ सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. उमाशंकर चौधरीले मृत्यु भएका ३५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
कोरोना संक्रमण पुष्टि भएका युवाको अन्त्येष्टि भने ४ दिनअघि नै गरिसकिएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७