काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।
पछिल्लो २४ घन्टामा मात्रै थप १ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरुमध्ये ५ जनाको मृत्यु भएको छ भने १ सय ९० जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार दैलेखमा ८, कैलालीमा २, दार्चुलामा १, स्याङ्जामा ३, नवलपुरमा १, धनुषामा २९, महोत्तरीमा १७, सप्तरीमा १४, मकवानपुरमा १, बर्दियामा ३, बाँकेमा १, झापामा २५, सर्लाहीमा ७, सिरहामा ६, रौतहटमा २०, दोलखामा २, सोलुखम्बूमा १, बझाङमा १ र सुर्खेतमा १३ जना संक्रमित थपिएका हुन् ।
यसैगरी नेपालमा कोरोनाबाट पाँचौं मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार राति किष्ट कलेजमा निधन भएका ललितपुर महानगरपालिका वडा नम्बर २२ बुंगमतीका ५६ वर्षीया पुरुषमा कोरोना पोजिटिभ देखिएको पुष्टि गरेको छ ।
योसँगै कोरोनाबाट निधन हुनेको संख्या ५ पुगेको हो ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७