काठमाडौँ । नेपाली सेनाले चीनबाट थप १४ टन स्वास्थ्य सामग्री ल्याएको छ।
नेपाल एयरलाइन्सको वाइडवडी जहाजले बिहीबार उक्त सामग्री ल्याएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।
नेपाल एयरलाइन्सको वाइडवडी बुधबार चीनको ग्वान्झाउ पुगेको थियो । कोरोना सङ्क्रमण बढ्दै गएपछि सेनाले पिपिई, पिसिआर किट लगायतका स्वास्थ्य सामग्री ल्याएको हो ।
नेपाली सेनाले बुधबारको पत्रकार सम्मेलनमा २८ टन स्वास्थ्य सामग्री दोस्रो लटमा ल्याउने बताए पनि १४ टन मात्रै सामग्री आएको हाे ।
बाँकी सामग्री अब स्थलमार्गबाट तातोपानी भन्सार नाका हुँदै ल्याउने पाण्डले बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७