सुर्खेत । कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सुर्खेत प्रयोगशालामा बुधबार गरिएको परीक्षणबाट १५ जनामा काेराेना पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
महाशाखा प्रमुख डा. तिवारीका अनुसार वीरेन्द्रनगर नगरपालिकाका १० जना, चौकुने गाउँपालिकाका २ जना, बझाङका १ जना र ठेगाना नखुलेका १ जनामा कोरोना पुष्टि भएको हो । उनीहरूमध्ये १० जना पुरुष र ५ जना महिला छन् ।
उनीहरुको सुर्खेतमा रहेको कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको महाशाखाले जनाएको छ ।
यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ भने २४ घन्टाकाे अवधिमा १ सय २९ जना संक्रमित थपिएका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७