विराटनगर । झापामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेश १ काे सामाजिक विकास मन्त्रालयका अनुसार झापाकाे कचनकवल गाउँपालिकामा १५ जना र झापाकै गाैरदह नगरपालिकामा २ जनामा संक्रमण देखिएकाे हाे ।
योसँगै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ भने प्रदेश १ मा संक्रमितको संख्या १ सय ४ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७