रौतहट । रौतहटमा बुधबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
भारतबाट आएर क्वारेन्टाइनमा रहेका उनीहरूमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । संक्रमितहरूमा गौर नगरपालिकाका ८, ईशनाथ नगरपालिकाका १६, गढिमाई नगरपालिकाका ७, देवाही गोनाही र कटहरिया नगरपालिकाका २-२ जना छन् ।
पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
यो सँगै रौतहटमा मात्रै कोरोना संक्रमितहरुको संख्या १ सय ४ पुगेको छ । मंगलबार रौतहटमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७