हेटौंडा । हेटौंडा १ चौकीटोलकी २५ वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हेटौँडा प्रयाेगशालामा गरिएकाे परीक्षणमा उनमा कोरोना भाइरस पुष्टि भएको हाे । कोरोना पुष्टि भएपछि उनी बस्दै आएको घर सिल गरेर सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।
उनी जेठ ९ गते चितवनबाट हेटौंडा आएकी थिइन् । उनको आरडिटी परीक्षण नेगेटिभ देखिए पनि पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको हेटौंडा अस्पतालका डाक्टर प्रविण श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७