काठमाडाैं । सप्तरीमा थप ११ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
मंगलबार बाेदे बरसाइन र सुरुंगा नगरपालिका तथा बलान विहुल गाउँपालिकामा गरी ११ जना नयाँ संक्रमित देखिएको स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
उनका अनुसार बाेदे बरसाइनका ८ जना, बलान बिहुलका २ जना र सुरुंगा नगरपालिकाका १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
उनीहरूमध्ये १० जना पुरुष र १ जना महिला छन् । यादवका अनुसार उनीहरू भारतबाट आएर क्वारेन्टाइनमा बसेकाे सूचना प्राप्त भएकाे छ ।
याेसँगै सप्तरीमा संक्रमितको संख्या १५ जना पुगेको छ भने देशभरमा ७ सय ८३ पुगेकाे छ ।
यसैगरी २४ घन्टाकाे अविधमा काेराेना भाइरसबाट संक्रमित हुनेकाे संख्या सय नाघेकाे छ । दिउँसाे ४ बजेकाे अपडेटमा स्वास्थ्य मन्त्रालयले ९० जना संक्रमित थपिएकाे जनाएकाे थियाे । सप्तरीका ११ जनासहित मंगलबार मात्रै १ सय १ जनामा काेराेना पुष्टि भएकाे छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७