काठमाडौँ । नेपालमा थप ९० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा ९० संक्रमित थपिएकाे जानकारी दिए ।
राष्ट्रिय जनस्वास्थ्यको प्रयोगशालामा ३५ जनाको रिपोर्ट पोजिटिभ आएको छ भने भेरी अस्पतालमा १, रुपन्देहीको प्रादेशिक प्रयोगशालामा ७, सेती प्रयोगशालामा २, त्यसैगरुी पोखराको प्रयोगशालाकमा २, सुर्खेत प्रदेशिक अस्पतालमा १२ जना, नेपालगन्जमा ७ जना, दाङमा गरिएको परीक्षणमा २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
डा. देवकोटाले दिएको जानकारी अनुसार महत्तरीका २, जुम्लाका २, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ जनामा कोरोना पुष्टि भएकाे हाे ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७७२ पुगेको छ । हालसम्म संक्रमण पुष्टि भएकाहरुमध्ये १ सय ५५ जना निको भएका छन् भने बाँके, सिन्धुपाल्चोक, गुल्मी र बाराका १/१ जना गरी ४ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७