रौतहट । रौतहटमा २२ जना कोरोना संक्रमित थपिएका छन् ।
गौर नगरपालिकाका ७ जना, राजदेवीका १ जना, देवाहिगोनाहीका १४ जनामा कोरोना पुष्टि भएको हाे ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार संक्रमितहरूमा ३ जना बालबालिका छन् ।
भारतबाट आएका उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिएको थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७