काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना पुष्टि भएको छ ।
मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा ८ जना, भेरीगंगा गाउँपालिकामा २ जना र सिम्ता गाउँपालिकामा २ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा भएको जनाएको छ । योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या २३ पुगेको छ ।
यसैगरी साेमबार बेलुका प्रदेश नम्बर ५ का ७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
प्रदेश जनस्वास्थ्य प्रयाेगशाला भैरहवाकाे अपडेट अनुसार प्रदेशकाे अर्घाखाँची जिल्लामा पहिलाेपटक संक्रमण देखिएकाे छ ।
प्रयाेगशाला स्राेतका अनुसार अर्घाखाँची, कपिलवस्तु र गुल्मीमा २-२ जना तथा रुपन्देहीमा १ जना गरी ७ जना काेराेना संक्रमित थपिएका हुन् ।
यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ७ सय १ पुगेकाे छ । जसमध्ये ४ जनाकाे मृत्यु भएकाे छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७