काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा काेराेना परीक्षणका लागि पिसिआर ल्याब स्थापना गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाले एक ‘सिफ्ट’ मा ९६ जनाको स्वाब परीक्षण गर्ने क्षमताको ल्याब स्थापना भएको बताए । अहिले पूरा क्षमतामा ल्याब सञ्चालन गरी परीक्षणको दायरा बढाउनुपर्ने दायित्व भएको उनको भनाइ छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झाले ल्याब पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गरिन् । नेपालमा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेकाले परीक्षणको दायरा पनि बढाउन पूर्ण क्षमतामा ल्याव सञ्चालन गर्न उनले आग्रह गरिन् ।
योसँगै देशभरी पिसिआर परीक्षणका लागि १७ वटा ल्याब सञ्चालनमा आएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७