काठमाडौं । वीरगन्जको नेसनल मेडिकल कलेजमा मृत्यु भएका १ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जेठ ४ गते मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हाे ।
वीरगन्जस्थित प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई जेठ २ गते अस्पतालको भेन्टिलेटरमा राखिएको थियो । उनको स्वाब परीक्षण गरिए पनि रिपोर्ट आउनुअघि नै उनको मृत्यु भएपछि उनकाे अन्त्येष्टि गरिएकाे थियाे ।
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७