काठमाडाैं । नेपालमा सोमबार थप ७२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दैका काठमाडौंको टोखा र बूढानीलकण्ठमा ३ जनासहित देशभरमा ७२ जना कोरोना संक्रमित थपिएकाे जनाएकाे हाे ।
मन्त्रालयका अनुसार धनुषामा ३, कपिलवस्तुमा ३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४, बारामा २३ र दैलेखमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७