वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका एकै परिवारका ४ महिने शिशु सहित १८ जना काेराेना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार कोरोना संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएका ४ महिने बालकसहित १८ जना निको भएर घर फर्किएका हुन् ।
कोरोना निको भएर घर फर्किने सबै १८ जना वीरगन्जको छपकैया निवासी एकै परिवारका हुन् । डिस्चार्ज हुनेमा ११ पुरुष र ७ महिला छन् ।
याेसँगै नेपालमा काेराेना संक्रमणलाई जित्नेकाे संख्या १ सय ५ पुगेकाे छ ।
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७