काठमाडौं । बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाँकेका ४ जना र बर्दियाका १ जनामा कोरोना देखिएकाे हाे ।
प्रतिष्ठानका कामु रजिस्ट्रार कैलाशप्रसाद देवले जारी गरेकाे विज्ञप्ति अनुसार बर्दियाको बासगढी नगरपालिका–९ का २५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी बाँकेको राप्ती सोनारी गाउँपालिका–५ का २४, २३, २३ र १६ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ६ सय ८ पुगेकाे छ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७