काठमाडौँ । नेपालमा कोभिड–१९ संक्रमितको संख्या ६ सय ३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबार एकैदिन १९ जना संक्रमित थपिएका हुन् ।
मोरङका १, बाराका १, पर्साका ३, रौटहटका १, सर्लाहीका १, रुपन्देहीका ३ र काठमाडौं साेह्रखुट्टेका १ जनामा संक्रमण देखिएको उनले जानकारी दिए ।
यसैगरी नुवाकोटका १, कपिलवस्तुका ३ र गुल्मीकाे मदानेका १ जनामा संक्रमण देखिएको उनले बताए ।
हालसम्म नेपालमा कोभिड–१९ बाट ३ जनाको मृत्यु भइसकेको छ भने ८७ जना निकाे भएर घर फर्किएका छन् ।
यस्तै ४२ जिल्लामा कोराेना संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७