जनकपुर । प्रादेशिक अस्पताल जनकपुरधामबाट सर्लाहीका ४५ वर्षीय कोरोना संक्रमित व्यक्ति फरार भएका छन् ।
आइतबार बिहान आइसोलेसन कक्षमा रहेका सर्लाहीका ४० वर्षीय संक्रमित फरार भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
उनी अस्पतालको झ्याल पोडेर फरार भएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।
सर्लाहीका ती संक्रमितको मानसिक स्वास्थ्यमा समस्या रहेको र उनले पटक–पटक भाग्ने प्रयास गरेका थिए।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७