काठमाडाैं । शनिबार साँझ नेपालमा थप ७ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा थप ७ जनामा कोरोना देखिएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्राेतले शनिबार साँझ रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका १ जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दियाे ।
गुल्मीमा संक्रमण देखिएका पुरुष यसअघि मृत्यु भएका कोरोना संक्रमित ४१ वर्षीय शिक्षकको घरमा बस्ने व्यक्त भएकाे खुलेकाे छ ।
योसँगै नेपालमा संक्रमितको संख्या ५ सय ९१ पुगेको छ। आज बिहान ३२ जना संक्रमित भेटिएका थिए भने दिउँसो ३६ जना थपिएका थिए ।
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७