वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालको ‘आइसोलेसन’मा उपचाररतमध्ये ९ जना शनिबार ‘डिस्चार्ज’ भएका छन् ।
कोरोना परीक्षणको पछिल्ला ‘रिपोर्ट नेगेटिभ’ आएपछि नौजनालाई डिस्चार्ज गरिएको नारायणी अस्पतालका डा. मदन उपाध्यायले जानकारी दिएका छन् ।
डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका ३/३ जना, बाराका २ जना र १ भारतीय नागरिक छन् । ९ जना डिस्चार्ज भएसँगै नारायणी अस्पतालमा उपचाररत् कोरोना संक्रमितको संख्या ६२ छ ।
शुक्रबारमात्र २१ जना कोरोना संक्रमित अस्पतालबाट निको भएर डिस्चार्ज भएका थिए ।
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७