काठमाडौं । शनिबार नेपालमा थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार दिउँसो थप ३६ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । बैतडीका ४, झापाका १, बाँकेका २७, बर्दियाका १ र सुर्खेतका ३ जनामा संक्रमण देखिएको हाे ।
शनिबार एकैदिन ६८ जनामा काेराेना देखिएकाे छ । यसअघि बिहान ३२ जनामा संक्रमण देखिएको थियो ।
यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५ सय ८४ पुगेकाे छ । ७० जना संक्रमित निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७