काठमाडौं । नेपालमा थप ३२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
नयाँ थपिएका संक्रमितमा सर्लाही गोडैता र कविलासी नगरपालिकाका १३ जना, कपिलवस्तु वाणगंगा नगरपालिकाका ८ जना र रुपन्देही गैडहवा र रोहिणी गाउँपालिकाका ८ जना छन् ।
यसैगरी बारा करैयामाई गाउँपालिकाका १ जना, काठमाडौंका १ जना, चितवन भरतपुर ६ का १ जना रहेको स्वास्थ्य मन्त्रालयका डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
योसँगै नेपालमा संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । जसमध्ये ७० जना निकाे भएर घर फर्किएका छन् भने ३ जनाकाे मृत्यु भएकाे छ ।
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७