काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ । शुक्रबार साँझ स्वास्थ्य मन्त्रालयकाे अपडेट अनुसार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरेको परीक्षणमा मकवानपुरकी ५४ वर्षीया महिला, भक्तपुरकी ४२ वर्षीया महिला, धरानमा गरिएको परीक्षणका क्रममा सप्तरीका ३५ वर्षीय पुरुष र बाराका २२, २७, ३० , ३४ , ३८ र ४५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएकाे हाे

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७