काठमाडौं । नेपालमा थप २० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अपडेटअनुसार थप २० जनामा कोरोनाको संक्रमण देखिएको हाे ।
बाँके १४, कैलाली ३, डडेलधुरा १, मोरङ १ र बैतडीमा १ जनामा कोरोनाको संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या नेपालमा ५ सय ७ पुगेको छ । जसमध्ये ३ जनाकाे मृत्यु भएकाे छ भने ७० जना निकाे भएर घर फर्किएका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७